nlic bonus share declaration

मिति २०६५/६/३

यस कम्पनीको दोश्रो जीवन बीमा कोषको बीमाङ्कीय मुल्याङ्कन कम्पनीले नियुक्त गरेको बीमाङ्कीबाट प्राप्त प्रतिवेदनलाई बीमा समितिको संख्या का . नि . म . शा . २९ - ०६५ / ०६६ च . नं . ८६४ मिति २०६५ / ०५ / २६ को पत्रबाट स्वीकृत भई आएको व्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउन पाउँदा खुशी लागेको छ। उपरोक्त बमोजिम आ . व . २०६० / ६१ देखि २०६२ / ०६३ सम्म चालु रहेको कम्पनीबाट जारी गरिएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने ) सबै जीवन बीमालेखहरुमा बोनस दर रू . ५० /- (अक्षेरुपी पचास रुपैयाँ मात्र ) प्रति हजार प्रति वर्ष निर्धारण गरिएको व्यहोरा जानकारी गराउँदछौं।

उपर्यूक्तानूसार बोनस दर मृत्यु दाबी , पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी , समर्पण मूल्य दाबी , चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू गर्न र अर्को मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नदिएसम्म उल्लेखित दाबीहरुमा समेत उपर्युक्तानुसारको बोनस दर कायम गरिने व्यहोरा समेत जानकारी गराउँदछौं।